शिवमद्वारा सत्यानाश,कुरा के हो खास ?

शिवमद्वारा सत्यानाश,कुरा के हो खास ?

-रमेश बन्जारा,हेटौंडा

मकवानपुरको हटियास्थित शिवम सिमेन्ट लिमिटेडले २०६४ सालदेखि अव्यवस्थित खानी सन्चालन गर्दा मकवानपुरका धेरै बस्ती डुबानको खतरामा छ ।

मकवानपुरगढी गाउँपालिकाको ७ नम्बरमा कलवान खानी,खोटार खानी र चपकी खानी जथाभावी उत्खनन गर्दा मकवानपुरका हुलाक दमार,बाँध,दुम्रेकुना,झल्ला, बागदली,धादिङ,सिमल्टारलगायत बस्तीका सैयौँ घर डुबानको खतरा बढेको हो ।

भोगाधिकारभन्दा बाहिर पनि उत्खननमा त्यसमाथि रोक लगाउन सरोकारवाला निकायले चासो दिएको देखिन्न । स्थानीय स्तरको बिकास निर्माण का काममा अवरोध गर्ने,निर्माण सामाग्री नियन्त्रणमा लिने डिभिजन वन कार्यालय,हेटौंडा शिवमले जथाभावी जमिन खोसृएर सयौँ बोटबिरुवा नष्ट गर्दा समेत मासिक कोशेली बुझ्दै मौन छ ।

शिवमले खानी सन्चालन अनुमति लिँदा चरीचरण,पानीका मुहान लगायत विषयमा कुनै असर नगर्ने सम्झौता गरेको भए पनि हाल उक्त भेगमा मनपरी चल्दा न चरी चरण छ न त पानीको मुहान नै । यसवारे वन कार्यालयका सूचना अधिकारी अच्युत उपाध्यायलाई सोध्दा पहिला पनि कुरा चलेको र कम्पनीले खानी उत्खनन गर्दा ढुङ्गा कम निस्केको कारण ब्यवस्थापन गर्न नसकेको गैर जिम्मेवार जवाफ दिए ।

टिप्पणीहरू