काठमाडौंका अस्पतालहरूमध्ये केहीमा संक्रमित शून्य,केहीमा भरिभराउ

काठमाडौंका अस्पतालहरूमध्ये केहीमा संक्रमित शून्य,केहीमा भरिभराउ

उपत्यकाका अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य देखिएको छ । तर कोरोना संक्रमितहरू भने अझै १ सय ७८ जना उपचाररत रहेका छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार कीर्तिपुरस्थित मोडर्न अस्पताल, बल्खुस्थित बयोधा अस्पताल र राजधानी अस्पताल,कलंकीस्थित सहिद मेमोरियल अस्पताल, बाफलस्थित यति अस्पताल, कालिमाटीस्थित ज्योति अस्पताल, टेकुस्थित बुध्द माई अस्पताल, कीर्तिपुरस्थित ज्येष्ठ नागरिक भवन र नयाँ बजार कभर्डहल, दक्षिणकाली नगरपालिकामा रहेको मनमोहन स्मृति सामुदायिक अस्पताल,नागार्जुन नगरपालिकाको इचङ्गु, स्वयम्भूस्थित आनन्द कुटीमा रहेको आइसोलेसन सेन्टरमा अहिले संक्रमितहरूको संख्या शून्य रहेको छ ।

तर आयुर्वेदिक अस्पताल, कीर्तिपुरमा ३४ जना संक्रमित छन् । जसमा पुरुष २६ जना,महिला ८ जना हुन् । उता,कलंकीस्थित नेशनल अस्पतालको कोरोना वार्डमा ३ जना छन् । जसमा पुरुष २ जना र महिला १ जना छन् ।

मनमोहन मेमोरियल अस्पताल, स्वयम्भूको आइसीयुमा ६ जना छन् । अन्य वार्डमा ४ जना गरी १० जना छन् । तीमध्ये हाइकेयरमा ४ जना महिला छन् भने अन्य वार्डमा ६ जना पुरुष रहेका छन् ।

ब्लुक्रस अस्पताल त्रिपुरेश्वरको आइसीयुमा १ जना छन् । त्यस्तै शुुक्रराज ट्रपिकल अस्पताल, टेकुको आइसीयुमा २ जना, भेन्टिलेटरमा १८ जना,हाइकेयरमा ३५ जना,इमर्जेन्सीमा ५ गरी ६० जना संक्रमित उपचाररत छन् ।

उता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको नयाँ बिल्डिङमा ३९ जना भर्ना भएका छन् । त्यस्तै आइसोलेसनमा २३ जना र एनआईसीयुमा १ जना छन् । जसमा पुरुष ३४ जना र महिला २९ जना गरी ६२ जना संक्रमित देखिएका छन् ।

चाल्नाखेल स्वस्थ्य चौकीमा आइसोलेसनमा ८ जनाले उपचार गराइरहेका छन् ।

टिप्पणीहरू