नक्कली रेड बुल खाएर तागत बढ्छ कि आयु घट्छ ?

नक्कली रेड बुल खाएर तागत बढ्छ कि आयु घट्छ ?

नेपालमा बेच्न रोक लगाइएका शक्तिवर्धक पेयपदार्थ रेड बुल बेच्ने चार जना राजधानीबाट समातिएका छन् । प्रतिबन्धित लागूऔषध क्याफिनयुक्त उक्त पदार्थ भारतबाट ल्याएर काठमाडौंका विभिन्न होलसेल सप्लायर्स तथा मार्टहरुमा बिक्री वितरण गरेको आरोपमा उनीहरु आज समातिएका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रविनराज श्रेष्ठ,बाँकेको कोहलपुर नगरपालिका घर भई हाल गोंगबु बस्ने रेड बुल ओसारपसारमा संलग्न ३६ वर्षीय राजु पौडेल, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका घर भई हाल नीलो पुल, कपन बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाहीको हरिपुर नगरपालिका घर भई हाल गोठाटार बस्ने रेडबुल ओसारपसारमा संलग्न ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुबाट २ सय २ कार्टुन रेडबुल र बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यान बरामद गरेको छ ।बयानअनुसार भारतसँग सीमाना जोडिएका तराईका विभिन्न जिल्लाबाट लुकाइछिपाई नेपाल भित्र्याउने र पिकअप भ्यान तथा नाइटबसका विभिन्न भागमा लुकाई काठमाण्डौसम्म ल्याएपछि बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

टिप्पणीहरू