चीनमा हजार वर्ष यताकै भिषण वर्षा,मेट्रो जलमग्न

चीनमा हजार वर्ष यताकै भिषण वर्षा,मेट्रो जलमग्न

चीनमा हजार वर्ष यताकै सबैभन्दा भिषण वर्षा र बाढी आएको छ । चीनको चङ्चौ शहरमा भएको घनघोर वर्षापछि आएको बाढीका कारण शहरवासी आपतमा परेका छन् भने बाटो पूरै नदीसमान जलमग्न बनेको छ ।

शहरको बाढी जमिनमुनिको मेट्रोमा समेत पसेको छ । गाडीहरु बाढीले बगाएको भिडियो सामाजिक सञ्जालमा जताततै देखिन्छ । मान्छेहरु सब वे र मेट्रोमा फसेका छन् भने उध्दारकर्ताहरु सर्वसाधारणको सेवामा तल्लिन देखिएका छन् ।

गत साता जर्मनी र युरोपेली मुलुकहरुमा परेकोभन्दा चीनमा परेको वर्षा र आएको बाढी कैयौं गुणा ठूलो र विनाशकारी भएको बताइएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बाढीले कम्तीमा १२ जनाको ज्यान गएको छ भने एक लाखभन्दा बढी आफ्नो घर छाड्न बाध्य भएका छन् ।

टिप्पणीहरू