मध्यरात मञ्चित त्यो महाभारत

अघिल्लो हप्ता मध्यरात बहुमत न्यायपरिषद् सदस्यले गरेको न्यायाधीश नियुक्तिमा सत्तारुढ दुई पार्टीका नेताहरू उपस्थित भएको र न्यायपरिषद्का दुईजना सदस्यले सो बैठक बहिष्कार गरेको खबर त सार्वजनिक भैसक्यो ।

तर सो प्रसंगभित्रको रामकहानीचाहिँ बाहिर आउन बाँकी नै छ । नेपाली काँग्रेस पृष्ठभूमिका १५ जनाले अवसर पाउँदा पनि परिषद् सदस्य रामप्रसाद सिटौला खुशी भएनन् । काँग्रेसभित्रै पनि देउवा पक्ष हावी भएको देखियो । भाग अरुले खाए तर बदनाम प्रधानन्यायाधीश सुशीला कार्की भइन् । अनि यस्ता मान्छे पनि नियुक्त भए जसमाथि बहुविवाहको मुद्दा छ र दाङस्थित श्रीमतीबाट भागी हिँड्ने गरेको आरोप छ । उनी हुन् मदन पोखरेल, माओवादी निकट मान्छे ।

नियुक्तकर्तामध्येका एक पदम बैदिकको फर्म पार्टनर । अर्का नवन्यायाधीश सीताराम मण्डलमाथि पनि ३ वटी श्रीमती भिœयाएको आरोप छ । रामप्रसाद सिटौलाले यसअघि न्यायपरिषद्बाट राजीनामा दिँदा अर्का सदस्य रामप्रसाद श्रेष्ठ पनि निस्कन बाध्य भएका थिए । बाहुन राप्रसादले त बारको तर्फबाट पुनर्नियुक्ति पाए तर एमाले मन्त्रीले नियुक्तिमा ढिलाई गर्दा नेवार रामप्रसादचाहिँ हेरेको हे¥यै भए । त्यसकारण पनि यस्तो बहिष्कार र भद्रगोल पटक–पटक भैरहने अवस्था आएको हो । उमेर समूह, योग्यता–क्षमता र भूगोल नहेरिँदा कर्मचारीको रुपमा भविष्य हेरेर गएकाहरू उठ्न नसक्ने भए । ०२५ सालका चन्द्रबहादुर सारु र ०३५ सालकी राज्यलक्ष्मी श्रेष्ठलाई एउटै घानमा हालियो ।

कस्तो अचम्म भने बारको चुनावमा पराजितहरूलाई छानिछानी न्यायाधीश नियुक्त गर्ने काम भयो । रामचन्द्र पौडेलका भतिज हरिप्रसाद काठमाडौं बारमा विद्रोही तर्फबाट पराजित अध्यक्षका उम्मेदवार । दुर्गानन्द गिरीलाई परासीमा काँग्रेस महामन्त्री शशांक कोइरालाको घर हेर्ने जिम्मेवारी । बासुदेव आचार्य अर्घाखाँची काँग्रेसका उपाध्यक्ष । खुशीराम थारु युएनडीपी र कानुन समाजका जागिरे । अर्जुन नरसिंहकी आफन्त शान्ता सेढाईं केन्द्रीय बारमा पराजित उपाध्यक्ष, नरबहादुर पर्यटनमन्त्री जीवन शाहीका भाइ । दुर्गा बिक बार सदस्यमा पराजित । रामबहादुर थापा पनि बार सचिवमा पराजित । यस्ता भद्रगोल त कति, कति !

टिप्पणीहरू