एमालेमा बैठक र दौडधुप सँगसँगै, ओलीलाई सम्झाउन सुवास र बिष्णु बालकोटतिर

एमालेमा बैठक र दौडधुप सँगसँगै, ओलीलाई सम्झाउन सुवास र बिष्णु बालकोटतिर

एमालेको दुबै पक्षले औपचारिक बैठकमा एकताविरोधी कुरा गरे पनि अनौपचारिक ढंगले एकता प्रक्रियालाई अघि बढाउने भन्दै वार्ता र छलफलको क्रम अघि बढिरहेको छ । हिजो साँझ दुबै पक्षको बैठक र भेला ललितपुरको च्यासल र काठमाडौंको बानेश्वरमा बस्यो । तर ती भेला र बैठकमा सहभागी दोस्रो पुस्ताका नेताहरुले भने त्यो बेला पनि एकताको निम्ति दौडधुप गरेको राम्रैसँग देखिएको छ ।

उपमहासचिव विष्णु पौडेल बैठकको बीचमै उठेर अर्को पक्षका नेताहरुसँग भेटको लागि जानु भएको अड्कल काटिएको छ । आज बिहान पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुले पनि हिजो साँझ केही न केही वार्ता भएको आशंका गरिएको हो । यो परिघटनाले दुबै पक्षबीच पुनः सम्वादको सम्भावना बढेको बताइन्छ ।

एमालेको १० औं केन्द्रीय समिति बैठकमा सहभागी एकाध उग्र धारका युवाबाहेक प्रायः सबै नेताले पार्टीलाई मिलाएर लैजानुपर्ने आशयका साथ कुरा राखेका थिए । यसले गर्दा अध्यक्ष ओलीको एक्लो चाहनामा अर्को पक्षका नेताहरुलाई कारबाही गरिएमा पार्टी फुटाएर जानुको विकल्प नहुने अर्थ लाग्ने स्पष्ट छ । “उनीहरूले निकालेपछि हामी कहाँ जाने त !” यस्तो प्रश्न स्वभाविक रुपमा उठ्न सक्छ ।

‘संस्थागत निर्णय भनेको के हो ? हलमा पस्नासाथ माइन्युटमा पहिले उपस्थितिको सहि गर्ने अनि निर्णयचाहिँ बहुमतले गर्ने । यही होइन ? त्यही भएर बादलहरुलाई समेटेर बहुमत जुटाएको होइन ? हिजो नेकपामा हाम्रो बहुमत हुँदा केपीले ३ महिनासम्म बैठक राख्नुभयो ? बालुवाटारकै बैठकमा उहाँ आउनुभयो ? यसकारण यो विधि,प्रक्रिया भन्ने कुरा आफूलाई सहज हुँदा मात्रै मान्ने थिति उहाँले नै बसाल्नुभएको हो । ’

हिजोको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा कार्यदलबारे रिपोर्टिङ गर्ने क्रममा नेता नेम्वाङले यसअघिको जस्तो घोचपेच गर्ने शैलीमा केही पनि नभन्नुभएको सहभागी सदस्यहरुले बताएका छन् । उहाँले वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको पछिल्लो भेट र कार्यदलको सहमतिबारे बेलिबिस्तार लगाउनुभएको थियो ।

कार्यदलको सहमतिमा उल्लेखित ‘संस्थागत निर्णय’ सम्बन्धी बुँदाको सन्दर्भ जोड्दै नेम्वाङगले नेता नेपालले बताएको यौटा वाक्यलाई जोड दिएर उल्लेख गर्नुभयो, ‘संस्थागत निर्णय भनेको के हो ? हलमा पस्नासाथ माइन्युटमा पहिले उपस्थितिको सहि गर्ने अनि निर्णयचाहिँ बहुमतले गर्ने । यही होइन ? त्यही भएर बादलहरुलाई समेटेर बहुमत जुटाएको होइन ? हिजो नेकपामा हाम्रो बहुमत हुँदा केपीले ३ महिनासम्म बैठक राख्नुभयो ? बालुवाटारकै बैठकमा उहाँ आउनुभयो ? यसकारण यो विधि,प्रक्रिया भन्ने कुरा आफूलाई सहज हुँदा मात्रै मान्ने थिति उहाँले नै बसाल्नुभएको हो ।’

अध्यक्ष ओली नेपालसँग वार्ता गर्न दुईचोटी मेरियट होटलमा गएको,कहिले रामेश्वर थापाको चपली हाइटस्थित घरमा गएको सन्दर्भ उल्लेख गर्दै नेम्वाङ्ले ओलीको वाक्य उद्धृत गरेर भन्नुभयो, ‘नेपालले बालुवाटारमा आउँदिन भन्नुभएपछि जानै पर्यो ।’

टिप्पणीहरू