बिते अमूर्त चित्रका दिग्गज

बिते अमूर्त चित्रका दिग्गज

वरिष्ठ चित्रकार उत्तम नेपालीको ८५ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा आज बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा आज बिहान ४ बजे उहाँको निधन भएको हो ।

उहाँ केही दिनदेखि मुटु रोगको समस्या बल्झेपछि उपचारको लागि सेन्टर पुग्नुभएको हो । अमूर्त कलाका प्रख्यात नेपालीका दुई छोरी हुनुहुन्छ ।

साहित्यकार समेत रहनुभएका नेपाली प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्छ ।

टिप्पणीहरू