कटेरोमा जुवा खेल्नेलाई अदालत लगिँदै

कटेरोमा जुवा खेल्नेलाई अदालत लगिँदै

कीर्तिपुरको पाँगास्थित एउटा अस्थायी कटेरोमा जुवा खेलिरहेकाहरु खालको पैसा र ६ बुक ताससहित पक्राउ परेका छन् । हिजो साँझ उनीहरु रमेश महर्जनको कटेरोमा तास खेलिरहेको अवस्थामा प्रहरीले समातेको हो ।

चार जना जुवाडेलाई ५० हजार १ सय १० रुपैयाँसहित पक्राउपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ ।

पक्राउ पर्नेमा स्थानीय पाँगाका वर्ष ४५ का रामशरण महर्जन,वर्ष ४६ का दीपेन्द्र महर्जन,वर्ष ६४ का प्रेमनाथ महर्जन र वर्ष ५४ को केशव कार्की रहेका छन् ।

उनीहरुबिरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउन भोलि अदालतमा उपस्थित गराउने तयारी छ ।

टिप्पणीहरू