एक दिनको संवेदनशील कुरा

ओली सरकार रहँदा रहँदै कृष्णबहादुर महरा र शेरबहादुर देउवा दिल्ली गएको प्रसंग हो यो । त्यही बेला प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डलाई भने– ‘तपाईं यता मलाई ठिक्क पार्ने, उता गोप्यरुपमा ‘र’का मान्छे भेट्न आफ्नो प्रतिनिधि दिल्ली पठाउने ?

सरकार ढाल्नु नै छ त हाक्काहाक्की भने भैगोनि ! किन यस्तो छुपारुस्तम चाल ?’ प्रचण्ड चाहिँ– ‘हैन, हैन मैले पठाएको होइन’ यसरी टक्टकिएर हामी दीर्घकालीन सहमतिमा जाने हो । लौ, मलाई समय पाऊँ भन्दै पन्छिए । सोहीबमोजिम दुई जनाबीच गोकर्णमा ५ घण्टासम्म गोप्यवार्ता चल्यो । ‘भविष्यको प्लान’ बनाउने नाममा प्रचण्ड १ बजे नै पुगेर कुरी बसे ।

ओलीचाहिँ सत्ता गठबन्धनको बैठक सकेर १ बजे बल्ल निर्धारित स्थानमा पुगेको स्रोतको दाबी छ । त्यही भेटघाट चल्दा चल्दै बाहिर महराले प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई छेउमा तानेर भनेछन्– ‘अलिकति गलत रिपोर्टिङ भएजस्तो लाग्यो ।’ रिमालको जवाफ थियो, ‘तपाईं गृहमन्त्री र उपप्रधानमन्त्री समेत भैसकेको मान्छे । राज्य कसरी चल्छ, सूचना कसरी पाइन्छ । थाहै होला नि !’ महराले स्पष्टीकरण दिए, ‘जुन बेला हाम्रो सिएमलाई पिएमले त्यसो भन्नु भो त्यसबेला ‘र’ चिफसँग मेरो अपोइन्टमेन्ट मिली सकेकै थिएन । अर्थात् सूचना त सत्य हो तर समयचाहिँ अलि तलमाथि प¥यो भन्ने कुराको स्वीकारोक्ति थियो, त्यो ।

स्मरणीय छ, मिश्रित प्रणालीमा जुन पार्टीले बहुमत सिट जिते पनि एक्लै सरकार चलाउने सम्भावना हुन्न र यस्तोमा सहमतीय वा गठबन्धन सरकारको विकल्प नै छैन ।
 

टिप्पणीहरू