बालिकालाई जबरजस्ती गर्ने ५२ वर्षे

बालिकालाई जबरजस्ती गर्ने ५२ वर्षे

दाङमा ५ वर्षीया बालिकालाई ५२ वर्षीय हिरालाल चौधरीले जबरजस्ती करणी गरेका छन् । गढवा गाउँपालिका–५ बस्ने चौधरीलाई हिजो राति प्रहरीले जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको हो ।

हिराले ती बालिकालाई घरबाट करिब ५ सय मीटर टाढाको मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेका थिए ।

मकैबारीमा बालिकालाई करणी गरेकै समयमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पैसा लिने,खाली चेक भिडाउने महिला पक्राउ

बैंकिङ्ग कसूर मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । त्यसरी समातिमे काठमाडौं महानगरपलिका–९,पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ हुन् ।

उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा पनि पीडितलाई झुक्याएर चेक दिएकी थिइन् । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

टिप्पणीहरू