तेह्रथुममा पनि बिरोध प्रदर्शनको तनाव

तेह्रथुममा पनि बिरोध प्रदर्शनको तनाव

युवा संघ नेपालले तेह्रथुममा पनि बिरोध प्रदर्शन गरेको छ । म्याङलुङ नगरपालिकाको बसपार्कबाट निस्किएको जुलुशले एमाले सांसदहरुविरुद्ध बिरोध र्याली निकालेको हो ।

उनीहरुले आफ्ना साँसद भवानी खापुङ्गले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बिरोधमा मूर्दावादको नारासहित र्याली निकालेका हुन् ।

युवा संघ नेपालका जिल्ला अध्यक्ष नविन खतिवडाको नेतृत्वमा निकालिएको जुलुश बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

टिप्पणीहरू