यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजनाहरु « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजनाहरु

प्रकाशित मिति :  ५ माघ २०७३, बुधबार १२:५४




यती डेभलपमेण्ट बैंकले साना तथा मझौला ब्यापार ब्यबसायलाई प्रोत्साहन गर्ने उद्देश्यलेआकर्षक ब्याजदरमा यती सजिलो कर्जा तथा यती घर कर्जा योजनाहरु ल्याएको छ । यती सजिलो कर्जा अन्तर्गत ब्यबसायीहरुले अधिकतम रु १ करोड सम्मको कर्जा  सजिलै प्राप्त गर्न सक्ने छन् । उक्त कर्जा लिन चाहने ब्यबसायीहरुले ओभरड्राफ्ट, १० बर्ष सम्मको किस्ताबन्दी वा दुबै सुबिधा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशत सम्ममा उपभोग गर्न सक्ने छन् । 



त्यसै गरी यती घर कर्जा अन्तर्गत घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न र घर निर्माण तथा मर्मत गर्नको लागी रु १ करोड सम्मको कर्जा ग्राहकरुले न्यूनतम ९.९९ देखि २० बर्ष सम्मको अबधीको लागी प्राप्त गर्न सक्ने छन् ।  आवश्यक कागजात पुरा भएको ३ कार्य दिनमा नै उक्त कर्जाहरु प्रदान गर्ने बैंकले  प्रतीबद्धता ब्यक्त गरेको छ । 


प्रतिक्रिया दिनुहोस !