नारायणगढ–बुटवलको भाडा एकहजार

नारायणगढ–बुटवलको भाडा एकहजार

यो लुजडाउनको समय यातायातमा यात्रुको ढाड बेसरी सेकिने गरेको सुइँको मिलेको छ । रेखदेख गर्ने नियामक निकायले चाहिँ भेउ नपाएको पक्कै नहोला, आँखा चिम्लिदिएकै कारण हुन सक्छ, यात्रुहरू चर्काे भाडा तिरेर गन्तव्यमा पुग्न बाध्य छन् ।

जबसम्म बस स्टेशन तथा ठाउँठाउँमा मान्छे चढाउने दलालहरूको बिगबिगी–दादागिरी रहन्छ, तबसम्म लुजडाउन खुलेपनि यात्रुहरू मारमा पर्ने नै छन् ।

गत बुधबार दिउँसो ३ बजेतिरको कुरा हो । चितवन, नारायणगढको पुल्चोकमा मौलाकाली यातायात प्रालि अफिसको सटर बन्द भएपनि त्यसबाहिर त्यहीँका स्टाफ कर्मचारी जस्ता देखिने ५/७ जना केटा बसिरहेका थिए । त्यति नै खेर काठमाडौंबाट धनगढीका लागि छुटेको ना५ख ३५२६ नम्बरको यात्रुवाहक बस कैलाश पेट्रोल पम्पमा तेल हाल्न आयो । सोही मौकामा बुटवल जाने दुईजना यात्रु चढायो ।

यो देखेर मौलाकाली यातायात प्रालिको अफिस अघिल्तिर बसेका केटाहरूले ‘यहाँबाट किन मान्छे चढाएको ?’ भन्दै बसका स्टाफलाई थर्काउन थाले । भाडा कति लिएको भनेर सोधे । बसका स्टाफले दुईसय पचास रुपैयाँ भन्ने जवाफ दिए ।

यो सुनेर ती केटाहरूले ‘अहिले भाडा १००० रुपैयाँ हो, तुरुन्त मान्छे झार कि झार’ भनेर बसका स्टाफलाई निकै दबाब दिएका थिए । ‘ए त्यसो भए त झार्नै प¥यो’ भन्दै खलासीले पनि यात्रुलाई झार्न खोज्दै थिए ।

तर ड्राइभरले मानेनन् र यात्रुहरू पनि सोही गाडीमै जान बल गरेपछि ती दलाल केटाहरूको केही जोर चलेन । त्यहाँबाट करिब दुई सय मिटर दूरीमा ट्राफिक प्रहरी भएपनि यसबारे अनभिज्ञ रहे ।

टिप्पणीहरू