देशमा कुना–कुनाका दुखेसा

मालपोत र यातायात कार्यालयमा कर्मचारीले सेवाग्राहीलाई हैरान खेलाएको दृष्य प्रायः देखिन्छ । तर, मन्त्रालयको चौरभरि दलालको ताँती लाग्दा अहिले मालपोत र यातायात जान चाहने कर्मचारीले त्यस्तै दुःख पाइरहेका छन् !

नयाँ खुलेका मालपोत र यातायातमा कार्यालय प्रमुख र लेखापालका लागि अनेकन फन्को मारेर ठाउँ पक्का ग¥यो, अन्तिममा कुरा अड्किन्छ, सामान्य प्रशासन मन्त्रालयमा । डेढ वर्षअघि मात्रै लालबाबु पण्डितले हाईहाई कमाएको त्यही सामान्य प्रशासन मन्त्रालयको चौरमा दलालको बिग्बिगी छ । कर्मचारी प्रशासन महाशाखाका सहसचिव मुकुन्द निरौलाले परिचालित गरेका ती दलालले चिठी बुझ्न जाने कर्मचारीसँग ठाडै ‘यसको रेट यति’ भन्ने गरेको सुनिन्छ ।

यस्तो काममा सहसचिवकै निर्देशनबमोजिम परिचालित भएका छन्, उपसचिव शशी लम्साल र नासु यज्ञ अर्याल । अरु कर्मचारीले एउटा विभाग वा कार्यालयमा निश्चित समय बस्न पाउने कुरा नासु अर्यालको हकमा लागु हुन्न । किनभने, उनी सामान्यमा जुग काटेका रैथाने कर्मचारी मानिन्छन् । यिनै दुईले हो, सरुवा निर्णय भइसकेका कर्मचारीको सरुवा सहमतिको चिठी अड्काएर दुःख दिने ।

 – पोषनाथ निरौला

टिप्पणीहरू