हिन्दीलाई हेर्ने, नेपालीलाई रिस फेर्ने

हिन्दी चलचित्र उद्योगलाई पोस्ने, नेपाली सिने उद्योगलाई सोस्ने हो नीति ? होइन भने नेपाली सिनेमाले रिलिजका लागि एक सातासम्म कुरेर शुक्रबार पर्खनुपर्ने । अनि हिन्दी सिनेमा जुन समयमा मन लाग्यो त्यही बेला देखाउन मिल्ने नीति बनाएर हाम्रा निर्माताको घाँटी निचोर्न मात्र किन सक्रिय छ, चलचित्र विकास बोर्ड ? जस्तै ः आगामी साता हेरौं ।

शुक्रबारको नियम तोडेर हिन्दी चलचित्र काबिल यही बुधबारदेखि हलमा छिर्दै छ । त्यसको तीन दिनपछाडि अर्काे हिन्दी चलचित्र ‘ट्रिपल एक्स’लाग्दै छ । हिन्दी सिनेमा यसरी हुरुरु जुन समय मन लाग्यो त्यही समय देखाउन मिल्ने ? तर, अघिल्लो साता प्रदर्शन भएको सिनेमा नचले पनि अर्काे सिनेमा हलमा प्रदर्शन हुन शुक्रबारसम्म कुर्नुपर्ने बाध्यकारी नियमलाई यही साता दुई नेपाली सिनेमाले तोड्ने भएका छन् ।

भ्रमले मात्रै नभ्याएर

नेपाली चलचित्र भ्रमले राम्रो दर्शक पाउन नसकेपछि बिहीबार रिलिज हुन लागेका छन् ।  ‘लभ सासा’ र किङ । किङ निखिल उप्रेतीको चलचित्र हो भने लभ सासा प्रचण्ड श्रेष्ठको निर्देशन र माधव वाग्लेको उत्पादन । जसमा नायिका केकी अधिकारी र नायक कर्मा शाक्यले अभिनय गरेका छन् । ७० लाख लागतमा बनेको यो चलचित्रमा केकी र कर्माको समेत लगानी छ ।

हिन्दी फिल्मलाई रोकतोक नलाग्ने, नेपाली चलचित्रलाई मात्र सेन्सर लगाउने ? विकास बोर्डको यो नियतप्रति आपत्ति जनाउँदै दुई निर्माताले बिहीबार नै आफ्नो चलचित्र रिलिज गर्न तयारी गरिरहेका हुन् ।

टिप्पणीहरू