घरेलु रक्सी खाँदा ४ को ज्यान गयो, २ जना गम्भीर

घरेलु रक्सी खाँदा ४ को ज्यान गयो, २ जना गम्भीर

बागलुङमा घरेलु मदिरा सेवन गर्ने चार जनाको ज्यान गएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित मल्म खानेपानी आयोजनामा काम गर्ने रोल्पा सुनिल स्मृति गाउँपालिका–५, गजुलका २१ वर्षीय दिपेन्द्र पुन मगरसहित चार जनाको घरेलु मदिरा सेवनबाट हिजो राति मृत्यु भएको हो ।

स्थानीय भद्रबहादुर थापाको मिलन किराना पसलमा घरेलु मदिरा ८ बोतल, चाउचाउ, दालमोठ र बिस्कुटसमेत सेवन गरी कोठामा गएका उनीहरु बिरामी भएपछि उपचारका लागि तत्काल पोलिक्लिनिक हटिया हुँदै धवलागिरी अस्पताल बागलुङ पठाइको थियो ।

तर अस्पतालमा थप उपचारको क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ । मदिरा सेवन गर्ने अन्य दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको हाल उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

पसल सञ्चालक भद्रबहादुर थापा र मदिरा उत्पादन गर्ने स्थानीय ४० वर्षीय भक्तबहादुर बलाल प्रहरी नियन्त्रणमा पुगेका छन् ।

टिप्पणीहरू