उदयपुरमा जुवाडे जुवाको खालबाटै च्याप्पै

उदयपुरमा जुवाडे जुवाको खालबाटै च्याप्पै

उदयपुरमा तास खेलिरहेका चार जना समातिएका छन् । त्रियुगा नगरपालिका–११ स्थित युनिक रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा स्थानीय ४५ वर्षीय सुमन्त कोइरालालगायत चार जना पक्राउ परेका हुन् ।

रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोलीले छापा मारेको थियो । सो क्रममा उनीहरुको साथबाट नगद ७२ हजार ३ सय ८० रुपैयाँ, ६६ हजार रुपैयाँको १ थान बैंक चेक र तास बरामद गरिएको छ ।

लागुऔषधको बिगबिगी काठमाडौंदेखि बर्दियासम्म

निषेधाज्ञा र महामारीमा लागुऔषधको कारोबार झन् बढ्दै गएको देखिन्छ । दिनहुँ पक्राउ परेका कारोबारीको संख्याले पनि उक्त आशंकलाई पुष्टि गरेको छ ।

यहि क्रममा काठमाडौँ र बर्दियामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट ४ सय ५० ट्याब्लेट नाइट्राभेटसहित एक जना र गुलरिया नगरपालिका–६ बाट १ ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगरसहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरीबाट पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १९ वर्षीय मन्जितकुमार साह तथा गुलरियाबाट स्थानीय १९ वर्षीय वारिस धोबी रहेका छन् । प्रहरीले साहलाई सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४३ नम्बरको बसबाट समातेको हो । धोवीलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा समातेको जनाइएको छ ।

टिप्पणीहरू