निगममा आज पनि ‘हवाई माफिया मूर्दावाद’

निगममा आज पनि ‘हवाई माफिया मूर्दावाद’

नेपाल वायुसेवा निगमको मुख्यालयमा असार १८ गतेदेखि दिनहुँ नाराबाजी हुँदै आएको छ ।

संयुक्त ट्रेड युनियन संघर्ष समितिले निगम निजीकरणको खारेजी,प्रबन्ध निर्देशकको राजीनामा,उनको हालै बढेको अस्वाभाविक तलब बृद्वि खारेजी र सञ्चालक समितिमा निगमको व्यावसायिक स्वार्थ बाझिने एजेन्टहरूको नियुक्ति खारेजीको माग राख्दै प्रदर्शन गर्दै आएको छ ।

असार १८ गते निगम र युनियनबीच भएको छलफल विनानिष्कर्ष टुंङ्गिएपछि शुरु भएको बिरोध प्रदर्शन आज १९ औँ दिनमा प्रवेश गरेको हो ।

आज कर्मचारी युनियनका संयोजक सुवास डाँगीको नेतृत्वमा सम्पन्न धर्ना कार्यक्रममा सहभागीहरूले भ्रष्ट प्रबन्ध निर्देशक राजीनामा दे,सबै कर्मचारी एक हौं, कर्मचारी एकता जिन्दावाद, सार्वजनिक संस्थानमाथिको दलाली बन्द गर, सार्वजनिक सम्पत्ति बेच्न पाईँदैन, हाम्रो आन्दोलन जारी छ, निगम बेच्न पाईंदैन,डिमे हामीलाई चाहिँदैन,नालायक प्रबन्ध निर्देशक राजीनामा दे, हवाई माफिया मूर्दावाद,निगम निजीकरण बन्द गरलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू