हजु्रआमाले कम्मर मर्काउने, करोडौंले हेर्ने

हजु्रआमाले कम्मर मर्काउने, करोडौंले हेर्ने

गोरखाकी एक जना हजुरआमा यतिखेर सामाजिक सञ्जाल विशेषगरी टिकटकमा भाइरल हुनुभएको छ । गोरखा घलाङकी ती हजुरआमाको चर्चाले लाख होइन करोड जनालाई मन छोएको देखिन्छ ।

७८ वर्षीया हजुरआमा कृष्णकुमारी तिवारीले ढल्किँदो उमेरमा पनि कम्मर मर्काउँदै नाच्नुभएका भिडियोहरुमध्ये एउटालाई १ करोड ८३ लाख जनाभन्दा बढिले हेरिसकेका छन् भने त्यसमा ६४ हजार ७ सय ९० जनाले प्रतिक्रिया दिएका छन् ।

‘जहाँ ईच्छा त्यहाँ उपाय’ भन्ने नेपाली उखानको प्रत्यक्ष उदाहरण बनेकी हजुरआमाले आफूमा सानैदेखि नाच्ने इच्छा रहेको बताउनुभएको छ । पहिले नाच्नेलाई उत्ताउली भन्ने गरेकाले आफ्नो इच्छालाई बालापन र बैंशमा दबाउन परेको समेत खुलाउनुभएको छ ।

‘पहिले बा, आमा र ठूलाबडाको डर हुन्थ्यो, नाच्न पाईंदैनथ्यो, भन्दै उहाँले भन्नुभएको छ,‘इच्छा मार्न हुँदैन । सकिन्छ भने जाने दिन नआउँदासम्म छमछम नाच्नुमै मज्जा छ ।’

टिप्पणीहरू