आफ्नै जीवन सङ्गिनीलाई कसरी मार्न सक्छ मान्छेले !

आफ्नै जीवन सङ्गिनीलाई कसरी मार्न सक्छ मान्छेले !

झापामा श्रीमतीलाई कुटेर मार्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया संगिता टुडुको हत्या गरी फरार रहेका गौरादह नगरपालिका–१,शीतल चोक बस्ने मोरङ रंगेली नगरपालिका–९ सखुवाथान घर भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

संगितालाई बिहीबार बिहान शीतल चोकस्थित खेत नजिकको टहरामा लगेर कुटी मारेपछि उनी फरार भएका थिए । गौरादहबाट खटिएको संयुक्त प्रहरी टोलीले इलाका प्रहरी कार्यालय रंगेली,मोरङसँगको समन्वयमा स्थानीय सखुवाथानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।

टिप्पणीहरू