छलेर ल्याएको रक्सी र घुस,अहिले आफैलाई उकुसमुकुस

छलेर ल्याएको रक्सी र घुस,अहिले आफैलाई उकुसमुकुस

राजश्व छलीको सामान बरामद गरेपछि प्रहरीलाई नगद नजराना दिन खोजेको आरोपमा एक जना साहु प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीलाई घुस दिएर फुर्सद लिन खोज्ने उदयपुर त्रियुगा नपा -११ का टिकाबहादुर बस्नेत हुन् । प्रहरीले साँझ ५ बजेतिर उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं.३ बसपार्कमा ज १ च १५४६ नं.को बोलेरो गाडीमा बिल भरपाई नभएको करिब एक लाख २० हजार ५०० सय रुपैयाँ बराबरको सामान बरामद गरेको थियो । ती सामान छुटाउन उनले प्रहरीलाई २५ हजार रुपैयाँ घुस अफर गरेको डिएसपी वेदप्रसाद गौतमले बताउनुभयो ।

उनीविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी मुद्दा चलाइने भएको छ । बरामद सामग्रीहरुमा गोर्खा स्ट्रङ बियर ६ कार्टुन,रकस्टार बियर १२ कार्टुन,दिलवाले नामक रक्सी १२ कार्टुन,गोल्डेन वक ३७५ एमएलको २४ पिस, गोल्डेन वक १८० एमएलको ८ पिस,८८४८ भोड्का ७५० एमएलको ९,१८० एमएलको ३० पिस र पुकार एप्पल १८० एमएलको ६० पिस मदिरा रहेको छ ।

त्यसैगरी अन्सफ्ट पेय पदार्थहरु डिउ बदाम जुस, फ्रुटि,मोटु पतलु चाउचाउ, बिस्कुट र सूर्तिजन्य पदार्थ पनि रहेका छन् । उनलाई बरामद समान र गाडीसहित आवश्यक कार्वाहीको लागि करदाता सेवा कार्यालय गाईघाट उदयपुर पठाईएको छ ।

टिप्पणीहरू