स्पष्टिकरणबारे धारणा बनाउन माधव समूह छलफलमा

स्पष्टिकरणबारे धारणा बनाउन माधव समूह छलफलमा

अध्यक्ष केपी ओलीले कारवाहीको तयारीस्वरूप स्पष्टिकरण सोधेपछि एमालेको माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

आजै संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित हिजो सरकारलाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । त्यसबारे छलफल गर्न अहिले बैठक बसिरहेको बुझिएको छ ।

ओलीले सोधेको स्पस्टिकरण र सम्भावित राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाएको नेपाल निकट स्रोतले बताएको छ । जनाइएअनुसार ओलीले सांसदहरुमाथि कारवाही गरे नेपाल पक्ष अदालत जाने तयारीमा छ ।

सर्वोच्च अदालतले गत असार २८ गते संविधानको धारा ७६ (५)को सरकारलाई विश्वासको मत दिएका आधारमा ह्विप लगाएर सांसदमाथि कारवाही गर्न नमिल्ने आदेश दिएको थियो ।

टिप्पणीहरू