एमाले सांसदको घर खोज्दै,प्रदर्शन गर्दै (भिडियो सहित)

एमाले सांसदको घर खोज्दै,प्रदर्शन गर्दै (भिडियो सहित)

एमाले अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले एमालेकै माननीयहरुको घर खोज्दै प्रदर्शन गर्न थालेका छन् । उनीहरुले केही बेरअघि ललितपुरको बालकुमारीस्थित सांसद कृष्णलाल महर्जनको घर अगाडि नाराबाजी र बिरोध प्रदर्शन गरेका हुन् ।

हिजो प्रतिनिधिसभा जोगाउने शर्तमा नेपाली काँग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिएवापत एमाले सांसदहरुको घर छान्दै संघका कार्यकर्ताले आज उनीहरुको घर अगाडि एकोहोरो शंख फुकेका र हरियो बाँसमा डमी लाशसमेत बोकेका थिए । पछि उक्त डमीलाई आगो लगाएका हुन् । संघका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालको घर नजिकै पनि त्यस्तै गरेका छन् ।यसैबीच काठमाडौंको सीतापाइला चोकमा पनि संघका कार्यकर्ताले उक्त क्षेत्रका निर्वाचित सांसद जीवनराम श्रेष्ठको बिरोध गर्दै नाराबाजी र पुत्ला दहन गरेका छन् । संघका केन्द्रीय सचिवालय सदस्य महाराज गुरुङको नेतृत्वमा एक दर्जन प्रदर्शकारीले बिरोध गरेको बताइन्छ ।

उनीहरुले जीवनरा श्रेष्ठ मुर्दावाद, हाम्रो भोट फिर्ता गर, युवा संघ जिन्दावादको नारा लगाएका थिए ।

टिप्पणीहरू