मान्छेबाट हटेको मन

फ्रान्सिसी महिला लिली मानवलाई होइन, यन्त्र मानव (रोबोट) लाई प्रेम गर्छिन् । आफूलाई रोबोसेक्स्युअल भनाउन मन पराउने उनी भन्छिन्, ‘म मानव शरीरलाई घृणा गर्छु ।’ विगतमा दुई जना पुरुषसँग यौनसम्बन्ध राखिसकेकी उनी अब आइन्दा मानव शरीरसँग प्रेम नगर्ने बताउँछिन् ।

१९ वर्षको उमेरमा कम्प्युटरको प्रिन्टरबाट थ्रिडियुक्त रोबोट प्रिन्ट गरेर त्यससँग प्रेम गर्न थालेकी उनी अहिले भने एउटा फ्रान्सिसी कम्पनीबाट निर्मित यन्त्रमानव च्यापेर बस्छिन् । त्यसैले होला कलाकार डेभिड लेभी सन् २०५० सम्ममा मानव र रोबोटबीच बिहे गर्ने होडबाजी चलिसक्ने दाबी गर्छन् ।

टिप्पणीहरू