मन्त्रिपरिषद् बैठक बस्दै,हल्ला गरिएजस्तो एजेण्डा नभएको दाबी

मन्त्रिपरिषद् बैठक बस्दै,हल्ला गरिएजस्तो एजेण्डा नभएको दाबी

केही बेरपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको छ । सरकारले हिजो संसदमा विश्वासको मत प्राप्त गरेको र आज एमाले केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने पार्टीका २२ जना माननीयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्दै कतिपयले आजको क्याबिनेट बैठकले नयाँ दल दर्ताको लागि सहज हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने आँकलन गरेका छन् । तर, प्रतिनिधिसभा हिजोदेखि सुचारु भएको अवस्थामा अध्यादेश आउने सम्भावना नै हुँदैन ।

बरु केही दिनअघि सचिवमा बढुवाकाे लागि सिफारिश भएका तीन जना सहसचिवको बढुवा हुनेछ । त्योबाहेक सरकारले गर्नैपर्ने नियमित कार्यसँग सम्बन्धित विषयमा पनि आजको क्याबिनेटले निर्णय गर्ने बुझिएको छ ।

टिप्पणीहरू