मर्म नबुझेपछि…

एक बेलायती युवतीले बाटोमा हिँड्दै गर्दा एउटा बिरालोले पछ्याएको र अनौठो आवाज निकालेर तर्साएको भन्दै ९९९ मा फोन गरिन् । ९९९ आपत पर्दा प्रहरीलाई गुहार्ने फोन नम्बर हो तर लण्डन प्रहरी यसमा आउने फोनबाट हैरान छ ।

प्रहरीले गत केही हप्तामा आएका फोनको बान्की सार्वजनिक गरेको छ । सूचीमा एकजनाले भने, ‘झ्यालबाट बाहिर चियाउँदा एउटा फ्याउरो देखें, खतरा लाग्यो र फोन गरें ।’ अर्कोले भने, ‘यतिखेर म एन–८ को पसलमा छु । फिन्सबुरी पार्क जान चाहन्छु तर पैसा छैन । प्रहरीले पु¥याइदेओस् ।’

त्यस्तै एकजनाले भने, ‘म एउटा भवनको खोजीमा छु, प्रहरीको सहयोग चाहियो ।’ ‘मेरो चालक अनुमतिपत्र हरायो, खोजिदिनुप¥यो…।’ प्रहरीले ९९९ को महŒव बुझ्न नगरवासीलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू