२२ भाइलाई ओलीको २४ घण्टे स्पष्टिकरण,माधव नेपाललाई ढोका बन्द भएको घोषणा

२२ भाइलाई ओलीको २४ घण्टे स्पष्टिकरण,माधव नेपाललाई ढोका बन्द भएको घोषणा

नेकपा एमालेको संस्थापन पक्षले पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा भर्खरै सम्पन्न संस्थापन पक्षमात्र सम्मिलित केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै २२ जनालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको एक नेताले बताए । संविधानअनुसार ७६(५)को सरकारलाई विश्वासको मत दिएका आधारमा सांसदहरुलाई कारवाही गर्न नमिल्ने भएकाले उनीहरुलाई पार्टीको विधान आकर्षित हुने गरी साधारण सदस्यबाट हटाउने तयारी गरिएको बताइएको छ ।यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिनुभएको थियो । उहाँले नेता नेपाललाई एमालेमा ठाउँ नरहेको घोषणा नै गर्नुभयो । बैठकले कार्यदलले बुझाएको एकतासम्बन्धी १० बुँदे प्रस्तावलाई अनुमोदन पनि गरेको छ ।

हिजो प्रतिनिधिसभामा नेपाल पक्षका १४ सहित एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने ८ जना सांसद ओली समूहका हुन् ।

टिप्पणीहरू