स्त्रीलाई दाह्रीको सास्ती

पुरुषको जस्तो दाह्री भएकी ३८ वर्षीया अगुष्टिना डोर्मानले बुर्का नलगाउने भएकी छन् । अलिअलि जुंगा र छातीमा समेत रौं भएकी चार सन्तानकी आमाले यसअघि घरबाहिर बुर्का लगाएर हिँड्ने गरेकी थिइन् । २५ वर्षको उमेरमा पहिलो सन्तान जन्माएपछि दाह्री पलाउन थालेको थियो । इण्डोनेसियाकी डोर्मानले आइन्दा जुंगा–दाह्री नलुकाउने भनेकी छन् ।

टिप्पणीहरू