हत्यामा सँलग्न दुई अलगअलग ठाउँबाट पक्राउ

हत्यामा सँलग्न दुई अलगअलग ठाउँबाट पक्राउ

आफ्नै मितबाबु मारेको आरोपमा भोजपुरको साल्पासिलिचो गाउँपालिका- ४ घर भई ३ बर्षदेखि तुम्लिङटार आसपास बस्दै आएका २५ बर्षीय युवराज राई समातिएका छन् । उनीविरुद्ध असार ३० गते खाँदवारी नगरपालिका-९ का ४७ बर्षीय लक्ष्मण कुमाललाई उनकै घरमा हत्या गरेको आरोप लागेको छ ।

कुमालसँगको उठबसका आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा जिल्ला प्रहरी कार्यालय संखुवासभाले राईलाई पक्राउ गरेको हो । घटनास्थलको प्रकृतिलगायत अन्य सबुतका आधारमा कुमाल हत्याको अनुसन्धान अघि बढाइएको थियो ।

उनले प्रहरीलाई सोधपुछ गर्ने क्रममा घटनामा आफ्नो संग्लग्नता स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसैगरी कर्तव्य ज्यान मुध्दामा दोषी ठहर भई फरार रहेका बूढानिलकण्ठ-४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतवार सुनसरीको तरहराबाट पक्राउ गरेको छ ।

उनलाई गत माघ १२ गते जिल्ला अदालत चितवनले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकेको थियो । कैद र जरिवानाको फैसला भएपछि उनी लुक्दैछिप्दै बस्दै आएका थिए ।

पक्राउ परेका गुरुङ्लाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा पठाइएको छ ।

टिप्पणीहरू