कुनै सीमा छैन ज्यादतिको

लोकसेवालाई सबभन्दा विश्वसनीय मान्दै निजामतीसहित सेना र प्रहरीले पनि आफ्ना कर्मचारी भर्नामा त्यसको भर पर्दै आएका छन् । तर, त्यही लोकसेवाले नक्कली प्रमाणपत्रधारीलाई अधिकृतको कापी जाँच गर्न दिँदोरहेछ ।

आधिकारिक विश्वविद्यालयले सम्बन्धन नदिएका, निजी क्षेत्रका तालिम केन्द्रले दिने विभिन्न स्तरका शैक्षिक प्रमाणपत्र अनुभवको अभिलेख त हुन्छन्, तर जागिरेहरुका लागि पदोन्नतीको आधार भने बन्न सक्दैनन् । नेपाल टेलिभिजनका क्यामेराम्यान पुरुषोत्तम घिमिरेले लोकसेवाको कापी काट्नेदेखि छैटौँ तहको अधिकृतका लागि प्रतिस्पर्धा गर्नेसम्मको हतियार निजी तालिम केन्द्रको प्रमाणपत्रलाई बनाएका छन् ।

उनले त्रिविको आंगिक क्याम्पसबाट आइकम पास गरेका छन् । पुरुषोत्तमले देखाउने स्नातकको प्रमाणपत्र अडियो, भिजुअलसम्बन्धी कार्यक्रम उत्पादन तथा तालिम दिने संस्था आभाषबाट ल्याएका हुन् । पहिला हेमबहादुर विष्टले चलाउँदासम्म आभाषले यस्तो धन्दा गर्दैनथ्यो । तर, अहिलेका सञ्चालकहरु प्रमाणपत्र बेचेरै बसेको आरोप लाग्ने गरेको छ । यदि, लोकसेवाको सहमति लिएर नेपाल टेलिभिजनमा नक्कली शैक्षिक प्रमाणपत्रधारीलाई बढुवा दिइएमा त्यस्ता प्रमाणपत्र कार्यालय सहयोगीले पनि ल्याउन सक्ने र विकृति फैलिने भनी कर्मचारीले लोकसेवालाई चेतावनी दिँदै आएका छन् ।

– टेलिभिजनका कर्मचारीहरु

टिप्पणीहरू