अटो दुर्घटना १ जनाको मृत्यु

अटो दुर्घटना १ जनाको मृत्यु

सुनसरीको ईटहरी उप-महानगरपालिका-३ मा हिजो भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने ईटहरी-४ की ३३ बर्षीया रिया पोखरेल हुन । उनी अटोमा सवार थिइन ।

ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा उनी घाईते भएकी थिईन् । उनको उपचारको निम्ति विराट नर्सिङहोम लग्ने क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेरको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

राम दसीसहित पक्राउ

सुनसरीको बर्जुगाँपालिका-२ बाट चोरीको मोटरसाईकल सहित एक जना पक्राउ परेका छन् । चोरीमा संग्लग्न भएको आरोपमा देवानगंज-५ का ४० बर्षीय बीरेन्द्र रामलाई पक्राउ गरिएको छ ।

आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका-३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको सूचना प्रहरीले पाए लगत्तै खोजतलास अघि बढाएको थियो ।

इलाका प्रहरी कार्यालय सीतागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित रामलाइ पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।

टिप्पणीहरू