विश्वासको मत लिएलगत्तै देउवालाई दुई छिमेकीको बधाई

विश्वासको मत लिएलगत्तै देउवालाई दुई छिमेकीको बधाई

प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत र पाकिस्तानका प्रधानमन्त्रीले बधाई दिएका छन् ।

आइतबार राति संसदमा विश्वासको मत लिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत बधाई तथा सफलताको शुभकामना दिएका थिए । उनले देउवाको कार्यकालमा नेपाल-भारत सम्बन्ध थप बलियो हुने विश्वास पनि व्यक्त गरेका छन् ।त्यस्तै, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि देउवालाई बधाई तथा शुभकामना दिएका छन् । उनले देउवाको प्रधानमन्त्रीकालमा नेपालसँगको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री नियुक्त हुनुभएका देउवालाई यसअघि दुवै समकक्षीले बधाई दिएका थिएनन् ।

टिप्पणीहरू