प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको निरीक्षण

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै उपत्यकाका विभिन्न खोप केन्द्रको अनुगमन थाल्नुभएको छ । उहाँले आज अमेरिकी सरकारको अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सनको खोप अभियानको जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट शुभारम्भ गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो । खोप अभियानको औपचारिक सुरुआत भएसँगै आज प्रधानमन्त्रीले उपत्यकाका शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।एक डोज मात लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाखबढी खोप अमेरिकाले नेपाललाई उपहारस्वरुप दिएको हो । ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने कार्यक्रम छ ।

आजदेखि ६ गतेसम्म विभिन्न ४४ वटा खोप केन्द्रमा तोकिएको उमेर तथा लक्षित समूहलाई खोप दिने जनाइएको छ । आज ५३ देखि ५४ बर्ष उमेर समूहका नागरिक, पूर्ण र अतिअशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य र सफाईकर्मीहरुलाई खोप दिइनेछ ।

त्यस्तै, दोस्रो दिन भोली ५१ देखि ५२ र तेस्रो दिन ५० बर्ष तथा यसअघि छुटेका ५१ देखि ५४ वर्ष उमेर समूहलगायतलाई खोप लगाउने कार्यक्रम तय भएको छ ।

टिप्पणीहरू