परीक्षा बोर्डमा ओली निकट कर्मचारी संगठनले पार्यो गाडी ठप्प

परीक्षा बोर्डमा ओली निकट कर्मचारी संगठनले पार्यो गाडी ठप्प

राष्ट्रिय परीक्षा बोड, सानोठिमीमा खाईपाई आएको अतिरिक्त भत्ता नपाएको भन्दै चालक र कार्यालय सहयोगीहरूले आज बिहानदेखि बोर्डमा रहेका सवारी साधन चल्न दिएका छैनन् ।

विगतदेखि खाइपाई अएको २० प्रतिशत अतिरिक्त भत्ता नपाएको भन्दै झण्डै तीन दर्जन चालक र कार्यालय सहयोगीहरूले आज बिहानदेखि बोर्डको सवारी साधन परिसरबाट बाहिर निस्कन दिएका छैनन् । एमाले अध्यक्ष केपी ओली निकट कर्मचारी संगठनका शाखा अधिकृत नरेन्द्र ढकालको नेतृत्वमा बिरोध कार्यक्रम भएको बताइएको छ ।

सवारी साधन गुडेको छैन तर कार्यालयमा तालबन्दी र धर्ना भने नगरिएको आन्दोलनकारीहरू बताएका छन् ।

टिप्पणीहरू