युवा संघले एमालेका ‘गद्दार’ सांसदको निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गर्ने

युवा संघले एमालेका ‘गद्दार’ सांसदको निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदलाई गद्दार घोषणा गर्दै उहाँहरुको निर्वाचन क्षेत्रमा भोलि मंगलबार बिरोध कार्यक्रम गर्ने भएको छ । दिउँसो २ बजे हुने बिरोध कार्यक्रममा संघले वर्तमान प्रतिनिधिसभाको कार्यकालभरि निर्वाचित सांसदलाई निषेधको कार्यक्रम समेत घोषणा गर्ने जनाएको छ ।

तर देउवा सरकारलाई विश्वासको मत दिएका समानुपातिक सांसदको हकमा भने कुन निर्वाचन क्षेत्रमा रोक लगाउने उनीहरुले खुलाएका छैनन् । संघले एमालेका लाखौं कार्यकर्ताको ऊर्जा र उत्साहमा पानी खन्याउँदै, उनीहरुको भावनामा गम्भीर आघात पुर्याउने गद्दार सांसदहरुलाई सशक्त बहिष्कार गर्न आह्वान गरेको छ ।

‘सूर्य चिन्हबाट जितेर रुखमा भोट हाल्ने हरेक गद्दार सांसदहरुलाई उनीहरुकै निर्वाचन क्षेत्रमा निषेध गरौं,’ संघले आह्वान गरेको छ ।

टिप्पणीहरू