गाउँफर्क अभियानमा कृष्णगोपाल कमरेड

गाउँफर्क अभियानमा कृष्णगोपाल कमरेड

अघिल्लो सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ सत्ता बहिर्गमनपछि निर्वाचन क्षेत्रमा फर्केर सक्रिय हुन थाल्नु भएको छ । त्यहि क्रममा आज उहाँ कीर्तिपुरको पाँगामा आयोजना गर्न लागिएको कार्यकर्ता भेलामा जुट्नु भएको छ ।

आज नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को कार्यकर्ता भेलामा उहाँ प्रमुख अतिथि बन्न लाग्नुभएको हो । दिउँसो १ बजे कृष्ण क्याटरिङ, कीर्तिपुर,पाँगा दोबाटोमा बोलाइएको भेलामा उपत्यका इञ्चार्ज समेत रहनुभएका श्रेष्ठले बोल्ने कार्यक्रम रहेको छ ।

उहाँले एमालेको झण्डै दुई तिहाई बहुमत नजिकको सरकार कसरी ८३ सिटमा खुम्चिएर प्रतिपक्षमा पुग्यो भन्नेबारे आफ्नै तर्क राख्ने बुझिएको छ । उहाँ उक्त क्षेत्रबाट संघीय संसदमा माननीय हुनुहुन्छ ।

टिप्पणीहरू