सांसद र घडी चोरी

अहिले संसद्मा घडी चोरीसम्बन्धी मुद्दा चर्चामा छ । सांसद रामहरि खतिवडाले पूर्वप्रधानसेनापतिका छोराको घडी चोरेको ! त्यो पनि १४ लाख पर्ने । पूर्वप्रधानसेनापतिको छोरा त १४ लाख पर्ने घडी लाउँछन् भने स्वयं पूर्वप्रधानसेनापतिले झन् कति लाखको लाउँछन् होला ? जसको एउटा घडीको मूल्य त १४ लाख पर्छ भने गाडीको मूल्य कति पर्ला ? मोटरबाइकको मूल्य कति पर्ला ? अरु सामानको मूल्य झन् कति पर्ला ? सम्पत्ति शुद्धीकरण आयोगले केही सोचेको छ, यतातिर ?

सोचेको छैन भने पनि केही छैन । मुख्य कुरा यो होइन । मुख्य कुरा सांसदले घडी चोरे भन्ने हो । सांसदले घडी चोरे भनेको मानिस अलि अलि पत्याइरहेका छन् । पूरापूर पत्याउनेहरू पनि छन् । १४ लाखको घडी बरु साँच्चैको चोरले चो¥यो भनेको भए मानिसले पत्याउँदैनथे होला । सांसदले चो¥यो भनेकाले मजाले पत्याइरहेका छन् ।

जमाना अहिले खराब छ । सांसदले कसैको उद्धार ग¥यो भनेको भए पत्याउन अलि गाह्रो हुन्थ्यो । तर, सांसदले चोरी ग¥यो, ठगी ग¥यो, लुटपाट ग¥यो, घुस खायो, पैसा खायो, आफूलाई बेच्यो, पुरुष भए पनि सुत्केरीको औषधि खायोजस्ता कुरा भयो भने त्यसलाई चाहिँ सजिलै पत्याउने गर्छन् । यसरी पत्याइदिनु दुःखको कुरा त हो । तर, भएर के गर्नु । पत्याउनेले पत्याइदिए पनि नपत्याउनेले नपत्याएर हुन्छ ?

टिप्पणीहरू