प्रचारप्रसार कम भएकाले ट्याक्सी आन्दोलन स्थगित

प्रचारप्रसार कम भएकाले ट्याक्सी आन्दोलन स्थगित

भोलिदेखि गर्ने भनिएको ट्याक्सी व्यवसायी तथा चालकहरूको आन्दोलन स्थगित गरिएको छ । साउन ४ र ५ गतेको लागि तय गरिएको बिरोध कार्यक्रम थप प्रचारप्रसार पश्चात् सञ्चालन गर्ने जानकारी दिइएको छ । अबको केही दिन उनीहरूले आफ्ना सवारी साधनमा बिरोधका पोष्टर टाँसेर रणनीति बनाउने भएका हुन् ।

वर्तमान राजनीतिक परिवेशमा बस, माइक्रोबस र ट्याक्सीको एकता र एकरुपतालाई ध्यानमा राखेर ट्याक्सी चालकहरू मात्र चालक हुन् भन्ने मान्यतालाई गलत साबित गर्न पनि उनीहरूले आग्रह गरेका छन् । साउन ४ र ५ गते ‘सार्वजनिक यातायात केन्द्रीय महासंघ’ र ‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यावसायी तथा चालक सेवा समाज’ ले संयुक्त रुपमा आयोजना गर्ने भनिएको चक्काजाम हाललाई स्थगित गरिएको छ ।

टिप्पणीहरू