यता बिश्वासको मत,उता ओली जिन्दावाद,चोलेन्द्र–माधव मूर्दावाद

यता बिश्वासको मत,उता ओली जिन्दावाद,चोलेन्द्र–माधव मूर्दावाद

अमृत साइन्स क्याम्पसका अखिल कार्यकर्ताले केपी ओलीको समर्थनमा नारा लगाउँदै एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् । अनेरास्ववियु अस्कल क्याम्पसका इकाइ अध्यक्ष कमलराज जोशीको नेतृत्वमा पुत्ला दहन गरिएको हो ।

एक दर्जन प्रदर्शकारीले एक छिनअगाडि क्याम्पस नजिकै आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागीहरुमध्ये प्रहरीले सात जनालाई पक्राउ गरेको छ । उनीहरुले केपी ओली जिन्दावाद, माधवकुमार नेपाल मूर्दावाद,चोलेन्द्रसमशीर मूर्दावाद, अनेरास्ववियु जिन्दावादलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू