अमेरिकी खोप लगाउनेको उमेर समूह तोकियो

अमेरिकी खोप लगाउनेको उमेर समूह तोकियो

काठमाडौँ महानगरपालिकाले कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप भोलिबाट सर्वसाधारणलाई लगाउने भएको छ । भोलिदेखि ६ गतेसम्म महानगरले तोकेका खोप केन्द्रमा तोकिएको उमेर तथा लक्षित समूहलाई खोप दिने जनाइएको छ ।

महानगरका अनुसार भोलि ५३ देखि ५४ बर्ष उमेर समूहका नागरिक,पूर्ण र अतिअसक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु,स्वास्थ्य र सफाईकर्मीहरुलाई खोप दिइनेछ ।

त्यस्तै, दोस्रो दिन ५१ देखि ५२ र तेस्रो दिन ५० बर्ष तथा यसअघि छुटेका ५१ देखि ५४ वर्ष उमेर समूहलगायतलाई खोप लगाउने महानगरले बताएको छ ।

टिप्पणीहरू