देउवालाई १२ भोट बढ्यो,ओलीपक्ष बाहेक सबैले विश्वासको मत दिने

देउवालाई १२ भोट बढ्यो,ओलीपक्ष बाहेक सबैले विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर खेमाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारमा गएको महन्थ खेमा अहिले देउवालाई विश्वासको मत दिन तयार भएको हो ।

ठाकुरलाई पत्र लेखेर आज प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नुभएको थियो । आफ्नो पक्षका सांसदहरु भटाभट उपेन्द्र यादव खेमामा जान थालेपछि ठाकुर विश्वासको मत दिन बाध्य भएको बताइएको छ ।

१२ जना सांसदमा झरेको ठाकुर खेमा विश्वासको मतको पक्षमा उभिएपछि प्रधानमन्त्री देउवालाई सजिलै बहुमत पुग्ने भएको छ । यो संगै संसदका प्रमुख चार दलमध्ये एमालेको ओलीपक्ष बाहेक सबै विश्वासको मतको पक्षमा पुगेका छन् ।

यता,जसपाले विभाजनको कानुनी मान्यता नपाउँदै संसद बैठकमा दुई पक्ष विभाजित भएको छ । आजको बैठकमा ठाकुर पक्ष विपक्षी बेञ्चमा बसेको छ भने उपेन्द्र समूह सत्तापक्षको बेञ्चमा छ ।

टिप्पणीहरू