जसपाको आधिकारिकता विवादमा बहश शुरु

जसपाको आधिकारिकता विवादमा बहश शुरु

निर्वाचन आयोगको इजलासमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतासम्बन्धी विवादमा आजबाट बहस थालिएको छ । आज विवादका दुवै पक्षले बहस शुरु गरेका हुन् ।

पहिलो दिन संस्थापन (अध्यक्ष उपेन्द्र यादव) पक्षको बहस सकिएको छ भने अर्का अध्यक्ष महन्थ ठाकुरको तर्फबाट बहस थालिएको छ । यादव पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेश सिंह,महादेव यादव,हरिहर दाहाल,सुनिल पोखरेल,कृष्ण शर्मा, दीपक राई,मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन् ।

ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णसहित अधिवक्ताहरू सुरेन्द्र महतो,प्रकाश केसी,विजयकान्त मैनाली,ईश्वरी भट्टराई,केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्ने बताइएको छ ।

बहसका लागि संस्थापन पक्षबाट अध्यक्ष यादव,संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई,राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव र ठाकुर पक्षका लक्ष्मणलाल कर्णलगायतका नेताहरु बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

टिप्पणीहरू