भीम रावलले बिश्वासको मत दिनुभन्दा संसदबाट राजीनामा दिए

भीम रावलले बिश्वासको मत दिनुभन्दा संसदबाट राजीनामा दिए

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गर्नुभएको छ ।

रावलले भर्खरै संसद सचिवालयमा राजीनामा पत्र बुझाएर बाहिरिनु भएको छ । यसअघि आजै सिंहदरबारमा बसेको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उहाँले राजीनामा दिने बताउनुभएको थियो ।

रावलले पार्टी एकताका लागि नेतृत्व तहमा छलफल भैरहेका बेला प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु गलत हुने भन्दै राजीनामाको निर्णयमा पुगेको बुझिएको छ । नेपाल समूहका अन्य सांसदहरु भने विश्वासको मतको पक्षमा छन् ।

देउवालाई प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र र सर्वोच्च अदालतको रिटमा भने रावलले पनि हस्ताक्षर गर्नुभएको थियो ।

टिप्पणीहरू