उपेन्द्र यादवले आफ्नो पक्षमा १९ भाइ पुर्याए « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

उपेन्द्र यादवले आफ्नो पक्षमा १९ भाइ पुर्याए

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार १६:२६


उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधर जसपाका १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत दिने भएका छन् ।

आज सो समूहको पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दल बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत दिने निर्णय गरेको हो । ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसरी उपेन्द्र यादव पक्षले राजेन्द्र महतो-महन्थ ठाकुर पक्षमा गएका सहित ७ सांसद आफ्नो पक्षमा तान्न सफल भएको छ । यसअघि राजेन्द्र महतो-महन्थ ठाकुर पक्षतिर लागेका सांसदहरु अमृता अग्रहरि,नरमाया ढकाल,रेणुका गुरुङ,प्रमोद साह,रानी मण्डलसहितका सांसदहरु आफूतिर तान्न सफल भएसङ्गै अब संसदीय र कार्यकारिणी दुबै समितिमा उपेन्द्र बाबुराम पक्षधरको बहुमत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !