शुक्रवारको क्याबिनेट : ओली सरकारको निर्णय उल्टाउने, राष्ट्रपतिलाई लेखी पठाउने

शुक्रवारको क्याबिनेट : ओली सरकारको निर्णय उल्टाउने, राष्ट्रपतिलाई लेखी पठाउने

सरकारले संसदमा विश्वासको मत लिने तयारी गरिरहँदा पूर्ववर्ती ओली सरकारद्वारा भएका संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई रोक्ने काम भएको छ । शुक्रबार बसेको क्याबिनेटले उक्त निर्णय गरेको बताइन्छ । त्यसैगरी पछिल्लो पटक जारी उक्त अध्यादेशको आधारमा गरिएका सबै नियुक्तिसम्बन्धी निर्णयलाई समेत उल्टाउने तयारी छ ।

११ वटा मुलुकमा गरिएको राजदूत नियुक्तिमा परराष्ट्र मन्त्रालयका दुई जना सहसचिवबाहेक राजनीतिक नियुक्ति दिलाइएका अरु ९ जना राजदूतलाई मुलुक नछाड्दै र सुट्केश मिलाउने क्रममै नियुक्ति रद्द गर्ने निर्णय गरिएको हो ।

क्याबिनेट बैठकले यसबीचमा भए गरेका अन्य संवैधानिक सिफारिश र नियुक्तिहरु छन् भने ती सबैलाई उल्टाउने पनि तयारी छ ।

 

टिप्पणीहरू