अमेरिकाको तानिने, अष्ट्रेलियाको थामिने ?

अमेरिकाको तानिने, अष्ट्रेलियाको थामिने ?

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती ओली सरकारले नियुक्त गरेका ९ वटा देशका राजदूतलाई सम्बन्धित मुलुक नपुग्दै उता नपठाउने निर्णय गरेको छ । उक्त निर्णयसँगै सरकारले अब यसअघिको सरकारले गरेका केही नियुक्ति र फिर्ता बोलाएका राजदूतको थमौतीबारे पनि आवश्यक निर्णय गर्ने सम्भावना बढेको हो ।

सम्भवतः आज विश्वासको मत प्राप्त गरेपछि देउवा सरकारले अमेरिकाको लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अष्ट्रेलियाबाट फिर्ता बोलाइएका तर कोभिडका कारण उतै अड्किएका नेपाली राजदूत महेशराज दाहालको बारेमा निर्णय गर्ने बुझिएको छ ।

यसअघि गत वर्ष चार महिना कार्यकाल बाँकी रहेका चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई ओली सरकारले हठात् फिर्ता बोलाएको थियो ।

दाहाललाई फिर्ता बोलाएपछि रिक्त ठाउँमा ओली सरकारले सुम्निमा तुलाधरलाई सिफारिश गरेको थियो । ओली सरकारका पछिल्ला निर्णय रद्ध गर्ने क्रममा लोकप्रिय नेता पद्मरत्न तुलाधरकी छोरी सुम्निमा पनि परेकी छन् ।

टिप्पणीहरू