ट्याक्सी चलाउनेहरु सडकमा आउने तयारी

ट्याक्सी चलाउनेहरु सडकमा आउने तयारी

सार्वजनिक सवारी साधनको भाडा बढाउने सरकारी निर्णयविरुद्ध ट्याक्सी व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ अन्तर्गतको नेपाल राष्ट्रिय मीटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले दुई दिने आन्दोलन घोषणा गरेको छ ।

जसअनुसार साउन ४ गते बिहान १० देखि ११ तथा ५ गते बिहान १० देखि १२ बजेसम्म कलंकी चोकमा आन्दोलन हुने छ । सरकारले ट्याक्सी व्यवसायीहरुको पनि संरक्षण गर्नुपर्ने बताउँदै लामो दूरीका सवारीसाधनको भाडा बृध्दि गर्दा ट्याक्सीको पनि भाडादर कायम गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

No description available.

ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले व्यावसायिक हितका लागि आन्दोलनमा सहभागी हुन अपिलसमेत गरेको छ ।

सरकारले लामो दूरीका सार्वजनिक सवारी साधनको भाडादर २८ प्रतिशतसम्मले बढाएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका हुन् ।

टिप्पणीहरू