मन्त्री नपाए मर्न खोज्ने कमरेड को ? « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

मन्त्री नपाए मर्न खोज्ने कमरेड को ?

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार २१:३०


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएको नेकपा (माओवादी केन्द्र) मा मन्त्रीका लागि नेताहरुको दौडधुप चलेको सोही पार्टीका एक नेताले बताएका छन् ।

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले मन्त्रीका लागि नेताहरुको अस्वस्थ प्रतिस्पर्धा चलेको संकेत गर्दै केही नेता आत्महत्या गर्ने निष्कर्षमा पुगेको खुलासा समेत गरेका छन् ।

नेता न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिहानै खतरा खबर आयाे: पार्टीका कतिपय मुर्धन्यहरुले यसपटक पनि मन्त्री पाइएन भने आत्महत्या गर्ने निष्कर्षमा पुगे भन्ने पाे आयाे त ?!’ यद्यपि उनले कसले आत्महत्या गर्न खोजेको हो त्यसबारे थप लेखेका छैनन् ।

यसअघि पनि प्रचण्ड निवास खुमलटार पुगेर केही नेताले केपी ओली नेतृत्वको सरकारमा मन्त्री नपाए आत्महत्या गर्ने चेतावनी दिएको चर्चा चलेको थियो ।


प्रतिक्रिया दिनुहोस !