त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित

त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित

त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६२औँ वार्षिकोत्सव मनाउँदै छ । विश्वविद्यालयको स्मृति हलमा बिहान पौने ११ बजेदेखि समारोह शुरु भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा कार्य व्यस्तताका कारण उपस्थित नहुने भएपछि उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालय र नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै औपचारिक रुपमा कार्यक्रम उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक डा. शिवलाल भुसाल,रजिस्ट्रार सह–प्राध्यापक पेशल दाहाल, त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्राचार्य डा. ध्यानेन्द्रबहादुर राई, विभिन्न संकायका डिनहरु, विश्वविद्यालयको विभिन्न क्षेत्रका कर्मचारीलगायतको सहभागिता रहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको वार्षिक कार्यक्रमलाई पास गर्नेलगायतका विषयमा उपकुलपति बास्कोटा, विश्वविद्यालय सभासदसहित १७ जना पदाधिकारीले छलफल गरी अनुमोदन गर्ने जनाइएको छ । अनुमोदनका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिसमक्ष भर्चुअल माध्यमबाट ११ बजेदेखि छलफल शुरु भएको बताइएको छ ।

विश्वविद्यालयको वार्षिक नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि उक्त कार्यक्रम विश्वविद्यालयको विशिष्ट कक्षमा सम्पन्न भएको हो ।

प्रधानमन्त्रीको कार्यव्यस्तता भनिए पनि उपकूलपतिको राजनीतिक नियुक्तिका कारण काँग्रेस विश्वविद्यालयसँग रुष्ट रहेकोसमेत बताउँदै आईएको छ ।

टिप्पणीहरू