प्रतिनिधिसभा बैठक २ चोटि बस्ने,देउवाले बिश्वासको मत लिने

प्रतिनिधिसभा बैठक २ चोटि बस्ने,देउवाले बिश्वासको मत लिने

आज दिउँसो बस्ने पुनर्स्थापित प्रतिनिधिसभा बैठकका लागि कार्यसूचि तय भएको छ ।

अपराह्न ४ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुने कार्यसूचि तय भएको छ । भर्खरै कार्यव्यवस्था परामर्श समितिले बैठकका लागि कार्यसूचि तय गरेको सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

आइतबार प्रतिनिधिसभाको दुईवटा बैठक बस्ने छन् । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट आएका पत्र प्रस्तुत गरिनुका साथै सरकारले ल्याएका अध्यादेश तथा शोकप्रस्ताव पारित गरिने सभामुख सापकोटाले जानकारी दिनुभयो ।

आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूचि तय गरिएको उहाँले बताउनुभयो ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आज पहिलोपल्ट बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

टिप्पणीहरू